BEEP Camp FAQ

BEEP Camp के हो ?

1.         BEEP CAMP के हो?
BEEP Camp भनेको YWAM पोखराले छुट्टीको समयमा कक्षा ९ देखि १२ (अध्ययनरत वा अध्यन पुरा गरेका किशोर किशोरीहरु ) सम्मका युवाहरुले सृजनात्मक तरिकाले परमेश्वरको बारेमा सिक्न सकुन भनि आयोजना गरिएको कार्यक्रम हो ।

2.         BEEP CAMP को दर्शन  के हो ?
युवाहरुमा परमेश्वरले दिनु भएको सम्भावनाहरु जान्न सक्ने बनाउन उनीहरुलाई बाइबलीय शिक्षा अनुसार तालिम दिएर येशू सँगै जिउने उत्साहित भविष्यको मार्गमा परिचालन गराउने ।

3.         वीप क्याम्प गर्न के के प्रक्रिया पुरा गर्नु पर्छ?

a.      आबेदन फारम पुरा भर्नु पर्छ

b.      अबिभाबक को फारम भरेको हुनुपर्छ (कतिपय व्यक्तिहरुको आफ्नै अभिवक नुहुन वा टाढा हुन सक्छन त्यस्तो अवस्तामा उनीहरुले आफ्ना नजिक बाट चिन्ने व्यक्तिहरुले उक्त फारम भर्न सक्ने छन र उनीहरुले अबिभाबकको भूमिका अनिबार्य रुपमा निभाउनुपर्ने पर्ने हुन्छ । बिस्तृत रुपमा बुझ्नलाई अभिभावकले भर्ने फारम अध्यन गर्नुहोला अर्थात् क्याम्प को अगुवालाई  सम्पर्क  गर्नुहोला ।

c.       चर्च अगुवाको  शिफारिस फारम भरेको हुनुपर्छ

4.         मिति ?
 हरेक दशैँ तिहार तथा नया शैक्षिक सत्र पूर्व हुने छुट्टी को समय मा (BEEP Camp आयोजना हुनेछ । । यो कार्यक्रम एक हप्ता लामो हुनेछ ।

5.         कस्तो हुन्छ BEEP Camp?
यो क्याम्प मा कक्षा, खेलकुद, प्रार्थना यात्रा, रमाइलो यात्रा (फन हाइक र ट्रेक) बिहान बेलुका आराधना र प्रार्थना साथै डिभोसन र अन्य धेरै क्रियाकलापहरु हुन्छन जसको उदेश्य पूर्ण रुपमा हरेक व्यक्तिहरुलाई परमेस्वरको बचन र येशू संगको समन्धलाई राम्ररी बुझ्न र बुझाउनु हुनेछ । यसको साथमा बाइबल हाजिरीजवाफ (क्विज) प्रतियोगिता, रमाइलो कार्यक्रम, हक्की पर्तियोगिता, हरेक बेलुकी क्याम्प फायर र गवाही कार्यक्रम साथै अनुकलता अनुसार मुभी शो , र बार्बिक्यु कार्यक्रम पनि हुन्छ ।

6.         कसले गर्न पाउँछन् ?
अहिले तत्काल केवल १४ वर्ष भन्दा माथि र कक्षा ९ देखि माथि पढ्दै गरेका विधार्थीहरु (बिशेष कारणबस पढाई लाइ बिचैमा छोड्न परेका १४ वर्ष भन्दा माथिका किशोर किशोरीहरु पनि यसमा पर्छन ।) को लागि मात्र बर्षको दुई वटा क्याम्प संचालित छन । निकट भबिष्यमै हामीले, जुनियर ग्रुपहरु  ( कक्षा ७ र ८को, ६ र ७ को साथै ४ र ५ कक्षा मा रहेका कलिला उमेरका व्यक्तिहरु) को लागि पनि कार्यक्रम हरु संचालन हुनेछन ।

7.         कार्यक्रम पुरा गर्न खर्च कति लाग्छ ?
हरेक व्यक्तिले  क्याम्प दर्ता बापत  रु १५०० (रू पन्ध्र सय ) तिर्नु पर्छ जुन लाग्ने पुरा खर्चको झन्डै ५०% मात्रै हो । यो रकम खाना, र कार्यक्रम आयोजनामा हुने खर्च हो, यसको साथ यौटा आकर्षक वीप क्याम्प टिसर्ट पनि प्राप्त हुनेछ । यद्यपी यो शुल्कले मात्रै सम्पूर्ण कार्यकर्म सम्पन्न गराउन भने सम्भाब छैन तेसैले सम्बन्धित अभिभावक तथा मण्डलीहरुलाई  सक्दो भेटि हरु दान गर्नुहुन उत्साहा गरिन्छ ।

8.         सिकाइने बिषयहरु ?
सुन्दर जीवन –उत्साहित भविश्य ख्रीष्टसंग जीवन , येशु ख्रीष्टमा हाम्रो परिचय, , Domains of Society (Biblical Worldview), ख्रिस्टियान युवाहरुका काम र अध्यन समन्धित  अवसर र चुनौतीहरु , परमेश्वर, परिवार र बिपरित लिङ्ग संगको संबन्ध, आराधना , बाइबल अध्यन, अन्तर्बिन्ति प्रार्थना, शान्त समय, विश्वास र  अर्थ , परमेश्वर पिताको हृदय आदि ...

9.         कसले शिक्षा दिन्छन?
बाइबलिय शिक्षा मा लामो अनुभव बटुलेका स्थानीय तथा अन्तराष्ट्रिय  शिक्षकहरु साथै स्थानीय मण्डलीका  बाइबल बिज्ञ पास्टर अगुवाहरु द्वारा शिक्षण गराइन्छ ।

10.     यो कार्यक्रम अबधिमा अन्य कार्यक्रममा भाग लिन मिल्छ ?
मिल्दैन । यो BEEP Camp  अबधिभर  तालिम केन्द्रमै बस्ने ब्यबस्था गरिने छ ।उक्त अबधिभर  तालिम छाडेर अन्य कतै जानुपर्ने भएमा तालिम रद्द हुने छ ।

11.     ओढ्ने ओछ्याउने कपडा ?
Camp को कक्षाको समयभर म्याट्रेस र बेड को ब्यबस्था हुने छ तर तन्ना र ओढ्ने व्यवस्था आफैले गर्नुपर्छ । बाहिर भर्मणको लागि पनि सुबिधा हुनेगरी स्लिपिंग ब्याग र झोला पनि आफै व्यवस्था गर्नु पर्ने छ ।

12.     भ्रमण  कार्यक्रम ?
भ्रमण कार्यक्रम झुण्डमा हुनेछ । हरेक झुण्डलाई BEEP Camp का स्टाफहरुले अगुवाई गर्ने छन् ।

13.     ल्याउन नमिल्ने कुराहरु ?
मोबाइल फोन , कम्प्युटर , गितार , हातहतियार (चक्कू , पेस्तोल, गुलेली आदि ), बहुमूल्य बस्तुहरु (गरगहना , औठी, सिक्री आदि ) आदि कुराहरूले गर्दा बिगत मा विभिन्न दुर्घटना हरु हुने र अन्य समस्याहरु निम्त्याई  तालिम को लक्ष्य पुरा हुनुको साटो बिपरित नतिजा हुन पुगेकोले माथिका कुराहरु नल्याउन सचेत गराउदछौं ।लामो दुरी को यात्रा गरि आउँदा मोबाइल फोन  ल्याउनै पर्ने भएमा तालिम अबधिभारिमा  BEEP Camp का  स्टाफलाइ  राख्न दिनुपर्नेछ । BEEP Camp को अन्तमा उक्त फोन फिर्ता लिनुपर्ने छ ।

 



Center for Youth and Family Ministry
Pokhara, Nepal